२०८१ माघ १५, मंगलबार
परीक्षण असफल भएका औषधिहरूको सूचिमा ज्वरो घटाउने पारासिटामोल, पेन किलर डाइक्लोफेनाक, एन्टी फङ्गल औषधि फ्लुकोनाजोल लगायत भारतका कयौँ ठुला औषधि कम्पनीका औषधिहरू पनि छन् । यी सबै औषधिहरू मेडिकल टेस्टमा फेल भएका छन् । परीक्षण फेल भएका यी औषधिलाई स्वास्थ्यको लागि हानिकारक पनि भनिएको छ ।
असफलको सूचीमा परेका ५३ वटा औषधिमध्ये ४८ औषधिको मात्र नाम आएको छ । अरू पाँच औषधि कम्पनीले आफूले बनाएको होइन भनेका थिए । सोही नाममा बजारमा नक्कली औषधि विक्री भइरहेको र ती औषधि नक्कली हुन सक्ने कम्पनीको दाबी थियो । परीक्षणमा असफल औषधिमा सनफर्माको प्यान्टोसिड ट्याब्लेट पनि छ । यो सूचिमा धेरै प्रयोग गरिने औषधि पनि छन् ।
उच्च रक्तचापका लागि प्रयोग गरिने शेलकम र पल्मोसिल इन्जेक्सन पनि परीक्षणमा असफल भएका छन् । यसबाहेक क्याल्सियम र भिटामिन डीका केही औषधिहरूले पनि यो परीक्षण पास गर्न सकेनन् । केन्द्र सरकारले एउटा आदेश जारी गर्दै ग्लुकोमाइलेज, पेक्टिनेज, एमाइलेज, प्रोटीज, अल्फा–ग्यालेक्टोसिडेज, सेल्युलेज, लिपेज, ब्रोमेलेन जस्ता औषधि प्रयोग गर्दा खतरा हुन सक्ने बताएको छ परीक्षणमा फेल भएका औषधिमा कपालको उपचारका लागि प्रयोग गरिने एन्टिपरासिटिक औषधि पनि छन् । एजेन्सीको सहयोगमा
औषधिहरूको सूची हेर्न यहाँ क्लिक गर्नुस् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे