२०८१ मंसिर १२, बुधबार
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको वडा नम्बर-२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण हिजो साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा नै रोकिएको थियो ।
इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले गजुरी गाउँलेकाको जेसिभी डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो ।
पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ ।
सडक निकै जोखिम भएकोले रातको समयमा यात्रा गर्दा निकै सजग हुन सवारी चालकहरूलाई प्रहरीले अनुरोध गरेको छ । सडक आज दिनभरिमा दुबैतर्फ सञ्चालनमा ल्याइसक्ने पनि प्रमुख पाण्डेले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे