२०८१ मंसिर ६, बिहिबार
सराय नाँच गैंडाकोट नगरपालिकाको वडा नं. ५ स्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा दिउसो २ बजे पछि सुरुवात गरिएको थियो। विद्यालयको प्राङ्गणमा केही समय प्रदर्शन गरेसँगै सराय नाच्दै कालिका मन्दिरमा गई समापन गरिएको थियो।
गुल्मी अर्घाखाँची सम्पर्क समाज गैंडाकोटले बडादशैको अवसरमा प्रथम पटक गुल्मी अर्घाखाँचीमा अत्यन्त लोकप्रिय त्यहाँको संस्कृति झल्कने “संस्कृति जगेर्ना सराय नाच एवं चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम” गैंडाकोटमा सम्पन्न गरेको हो।
गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयको उत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।
तस्बिर: नवलपुर अनलाइन।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे