२०८१ मंसिर ६, बिहिबार
कावासोती नगरपालिका वडा नम्बर ३ स्थित ४,ख कित्ता नम्बर १०४८ र १०४९ मा एक निजी बोर्डिङ स्कुलका सञ्चालकले दिएको १ कठ्ठा ६ धुर जग्गामा पार्टी भवन बनाउन नगरपालिकाले रकम निकासा दिएको हो । गत असोज २० गते आइतबार कावासोतीमा सम्पन्न एमाले जिल्ला कमिटीको बैठकको निर्णय नम्बर ८ मा भवनकालागि कावासोती नगरपालिकावाट रकम निकासा भएको उल्लेख छ । बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य एवं एमाले नेता तिलक महतको उपस्थितीमा भएको हो ।
नगरपालिकाले भवन निर्माणका लागि ३० लाख रकम बिनियोजन गरिएकोमा बिल भर्पाई मिलाउँदा २७ लाख मात्र निकासा दिइएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।
भवन निर्माण सम्पन्न भइसकेपछि नगरपालिकाले दसैंअघि रकम भुक्तानी दिएको हो ।
एमाले जिल्ला सचिव भीम कँडेलले मदन भण्डारी स्मृति संस्थाका नाममा २७ लाख रकम निकासा गरेर पार्टी कार्यालयको भवनमा लगानी गरेको जानकारी दिए । सोझै पार्टी कार्यालयलाई दिन नमिल्ने भएकाले त्यसरी रकम निकासा गरिएको उनले सुनाए । नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले पनि उक्त रकम मदन भण्डारी स्मृति संस्थाका लागि दिइएको बताइन् ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले दुईपटकसम्म नगरसभाले मदन भण्डारी स्मृति संस्थाका नाममा रकम निकासा गर्ने निर्णय गरेको बताए । ‘सभाले ३० लाख दिने निर्णय गरेको भए पनि प्राविधिक मूल्यांकनका आधारमा २७ लाख रुपैयाँ मात्रै निकासा दिइएकाे हाे,’ उनले भने ।
पूर्वी नवलपरासीको सदरमुकाम रहेको कावासोती नगरपालिकामा मेयर , उपमेयरसहित स्पष्ट बहुमत एमालेको रहेको छ । यहाँ अघिल्लो पटक पनि एमालेले स्पष्ट बहुमत ल्याएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे