२०८१ चैत्र २, आईतबार
चितवनको रत्ननगर नगरपालिका स्थित इप्रका टाँडीको हिरासतमा रहेका थुनुवाको बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो।
अपराधिक लाभ कसुर मुद्दामा जिल्ला चितवन रत्ननगर नगरपालिका १३ बस्ने वर्ष ४५ को महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अबस्थामा देखि उठाउदा नउठेकोले उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।
अस्पतालले उनलाई बिहान ६ बजे मृत घोषणा गरेको थियो। मृतकको शव भरतपुर अस्पतालमा राखिएको रिजालले बताउनुभयो। घटनाको बारेमा थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे