२०८१ चैत्र २, आईतबार
एक छोरा र तीन छोरीसहित छ जनाको परिवार भएका चनाराले काठको ठेकी कोर्ने पेसाबाट आएको आम्दानीले परिवारको पालनपोषणसहित छोराछोरीलाई पढाउँदै आएको बताउनुहुन्छ ।
चन्द्रबहादुरले कोरेको ठेकी स्थानीय गाउँमै बिक्री हुने गरेको छ भने कतिपयले नेपालगन्ज, सुर्खेतलगायतका सहरमा चिनोका रूपमा लिने गरेका छन् । एक दिनमा ठुला चार वटा, साना पाँच/छ वटासम्म ठेकी कोर्ने गरेको उहाँको भनाइ छ । लोप हुँदै गएको परम्परागत सिपलाई आफ्ना छोराभाइलाई सिकाउने इच्छा भएको चनाराले बताउनुभयो ।
ठेकी कोर्ने परम्परागत सिप लोप हुँदै गएको बताउँदै उहाँले पछिल्लो पुस्ताले यस पेसाप्रति चासो नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । आफूले ठेकी उद्योग सञ्चालन गर्नका लागि सरकारी अनुदानसँगै बजार व्यवस्थापनको आवश्यकता पर्ने उहाँको भनाइ छ । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे