२०८१ मंसिर ६, बिहिबार
हुप्सेकोट गाउँपालिका ३ स्थित गिरुवारी खोला छेउमा डम्पिङ गरी राखेको अबैध नदिजन्य पदार्थ बालुवा सहित उक्त सबारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो।
दिउसो करिब १२:३० बजेको समयमा गिरूबारी खोला छेउमा डम्पिङ्ग गरि राखेको बालुवा जेसिवीले ट्याक्टरमा लोड गरी हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका सबारीहरू मध्ये लु १ क ५७७७ को जेसिबी, लु २ त ४१५९,प्र २-०३-००३ त ४०८, प्र २-०३००१ त ५८६२ नम्बरका ट्याक्टर रहेका छन्।
नियन्त्रणमा लिएका सवारी साधन प्रहरी टोलिले आवश्यक कारबाहीको लागी श्री हुप्सेकोट गाउँपालिकाको कार्यालयमा पठाएको शाहले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे