२०८१ चैत्र २, आईतबार
अहिलेसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एस.आर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट र बाबा जुट मिलको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
यस्तै जगदम्बा स्टिल, हुलास स्टिल, अशोक स्टिल र हामा आइरनको लाइन पनि काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिनुपर्ने बताउनुभएको थियो । मन्त्रिपरिषद् बैठकमा कुलमानले गरेको प्रस्तावको बारेमा छलफल भए पनि कुनै निर्णय भएन । त्यसलगत्तै उहाँले लाइन काट्न शुरु गर्नुभएको हो ।
प्राधिकरणले गत असोज २४ असोज गते एक सूचना जारी गर्दै बक्यौता महसुल भुक्तानी गर्न कात्तिक ८ गतेसम्मका लागि म्याद दिएको थियो । म्यादभित्र बक्यौता महसुल भुक्तानी नभएपछि लाइन काट्न शुरु गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे