सोहि अवसरमा ३८ वर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा पुर्याएको नेतृत्वदायी भूमिका अनुसन्धान, व्यवस्थापनको कदर गर्दै कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरिप्रसाद भण्डारीलाई एजुकेशनल लिडर अफ द इयर २०२४ बाट सम्मान गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विजुकुमार थपलिया प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा मधेष विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक बहादुर शाक्य मुख्य निर्णयकर्ताको भूमिकामा रहनु भएको थियो । सो अवसरमा अष्ट्रेलियन युनिर्भसीटीका प्रतिनिधी, नेपाली दुतावासका प्रतिनिधी लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता हिसानका केन्द्रीय उपाध्यक्ष रामहरी सिलवालले गर्नुभएको थियो ।
कार्यक्रमको ब्यवस्थापन संयुक्त रुपमा कलेज रिडरका कार्यकारी निर्देशक जितेन्द्र घिमिरे र अष्ट्रेलियन नेशनल युनिर्भसीटी क्यानभेराले गरेको थियो ।