२०८१ कार्तिक २१, बुधबार
चितवनको रत्ननगर नगरपालिका –२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा खैरहनीबाट टाँडीतर्फ आइरहेको बस म.प्र. ०१-००१ ख ०४५७ नं.को बसले ना. २४ प १९१८ नं. को मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसचालक सिराहा जिल्ला मिर्चैया न.पा.वडा नं. ९ बस्ने बर्ष ४६ को सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे