२०८१ मंसिर ६, बिहिबार
आज बिहान करिब ११:४० बजेको समयमा भरतपुर २४ लक्ष्मणचोक स्थितमा प्र ३-०१-०२४च ४९९३ नं. को बलेरोले बा.प्र.०३-००१प ३६५६ नं.को मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नं. को स्कुटरलाई ठक्कर दिएको थियो।
बलेरोको ठक्करबाट स्कुटरमा सबार ईच्छाकामना गापा५ दारेचोक बस्ने बर्ष ३७ की राम कुमारी गुरुङको पुरानो मेडिकल कलेजमा दिउसो १२:०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते स्कुटर चालक ईच्छाकामना गापा ५ दारेचोक बस्ने बर्ष ३१ को सोजन शेरचन र मोटरसाइकल चालक भरतपुर २४ बस्ने बर्ष ३१ को हरिशरण थापा मगर पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ। स्कुटर चालक शेरचनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
बलेरो चालक नवलपुरको गैँडाकोट ४ बस्ने बर्ष ३४ को राम खनाललाई प्रहरीको नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे