२०८१ मंसिर ६, बिहिबार
भरतपुर महानगरपालिका–१० विशाल चोकमा आज बिहान साढे ३ बजेको समयमा बस र अटो आपसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् । घाइते हुने तीनै जना अटोमा सवार थिए । अटो चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
काकडभित्ताबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ००१–००६ ख ६१२१ नम्बरको बस र बसेनि चोकबाट बिरेन्द्र क्याम्पसचोकतर्फ आउदै गरेको ना १ ह ५५२५ नम्बरको अटो एकआपसमा ठक्कर आएका हुन् ।
ठक्करबाट अटो चालक नामथर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुषको टाउको र अनुहारमा चोट लागेको छ । अटोमा सवार कालिका नगरपालिका–९ सक्तिखोर बस्ने वर्ष १९ की मनिषा गुरुङको निधारमा चोट लागेको छ भने सोहि ठाउँ बस्ने २० वर्षीय स्मारीका श्रेष्ठ सामान्य घाइते भएकी छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुवै सवारी साधन र बस चालक भरतपुर–२५ बस्ने वर्ष ५३ को सुकाई महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे