२०८१ मंसिर ६, बिहिबार
चितवनको भरतपुर महानगरपालिका ४ रामघाट स्थित बिशालचोकबाट रामघाट तर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ११६० नं. को स्कुटर आफै अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा स्कुटर चालक जिल्ला तनहुँ घिरिङ्ग गापा १ घर भई हाल भरतपुर ४ बिशालचोक बस्ने अन्दाजी बर्ष ३५ की शान्ता सिक्देलको अनुहार र दाँहिने खुट्टामा चोट लागेको छ। उनी बोल्न नसक्ने गम्भिर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष १३ की महिमा भट्टराईको अनुहारमा चोट लागेको र उनको अबस्था सामान्य रहेको छ।
घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे