२०८१ मंसिर ८, शनिबार
बिहीबार साँझ दर्शकको उपस्थिति बक्लिएको थियो । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत
भट्टचनले बिहीबार साँझसम्म पनि टिकट काटेर महोत्सवस्थलमा दर्शक आउने क्रम जारी रहेको बताउनुभयो । महोत्सवमा आज कलाकार रचना रिमालको सांगीतिक प्रस्तुती रहेका कारण साँझसम्म पनि दर्शकहरुको उपस्थिति रहेको उहाँले बताउनुभयो ।
कलाकार रचना रिमाल साँझ ६ बजेतिर स्टेजमा उक्लिएर गीत सांगीतिक प्रस्तुती राखेकी थिइन् । उनले फोटो फिरिममा, सम्झिने पानी छम्किने, मिनिरल वाटर, उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिलेलगायतका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । आज महोत्सवमा दीपक खड्का, यम आले मगर, सञ्जिव सिंह रानासहित स्थानीय कलाकारले प्रस्तुती राखेका थिए ।
आजको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै उहाँले स्थानीय स्तरमा हुने महोत्सवको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय महोत्सवले अर्थतन्त्र चलाएमान बनाउन मद्दत गर्ने हुँदा स्थानीय उत्पादनलाई प्राथमिकता दिनसमेत उहाँले सुझाव दिनुभयो ।
भोलि शुक्रबारको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिनुभयो । शर्माको साथमा अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने उहाँको भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे