२०८१ मंसिर ८, शनिबार
जिल्ला अदालत काठमाडौँले भुजेललाई आज पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
बुधबार दिउँसो काठमाडाैँ शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थली सडकखण्डमा थलीबाट साँखुतर्फ आउँदै गर्दा प्रकाश भुजेलले चलाएको बा१९च २६९५ नम्बरको कारको ठक्करबाट बाप्र–०२–०१८प ६८७५ नम्बरको बाइक चालक कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो ।
भुजेलले चलाएको कारको ठक्करबाट बाइकमा सवार मृतक नारायणकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी र उनको अस्पतालमा उपचार भइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे