२०८१ चैत्र १९, मंगलबार
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत वार्षिक शैक्षिक क्यालेन्डरअनुसार विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थीद्वारा निर्मित दर्जनौँ सामग्रीहरू अवलोकनका लागि राखिएको थियो । प्राथमिक तहका साना बाबुनानीले निर्माण गरेका सामग्रीहरू सम्बन्धित कक्षाभित्रै र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीले बनाएका सामग्रीहरू विद्यालयको प्राङ्गणमा प्रदर्शनीका लागि राखिएको थियो ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरूको समूहले खेर जाने स्थानीय सामग्री र प्रविधिको अत्यधिक प्रयोग गरी निर्माण गरेको “पेरियोडिक टेबल” आकर्षणको केन्द्र बनेको थियो । सोको निर्माणका लागि घरमा प्रयोग हुने पुरानो कुचो, काठका टुक्राहरू, टेप र बेलुन प्रयोग गरी निर्माण गरिएको थियो । उक्त पेरियोडिक टेबलको अध्ययनबाट कक्षा ८ को जिल्लास्तरीय परीक्षा र एसइई परीक्षामा सम्मिलित हुने विद्यार्थीहरू लाभान्वित हुने विज्ञान शिक्षक दिपेन थापाले जानकारी दिए ।
त्यसैगरी कक्षा १२ का विद्यार्थीहरूद्वारा निर्मित सेन्सरसहितको “ब्लुतुथ कनेक्टिब कार ” प्रदर्शनीको अर्को आकर्षण रहेको थियो । “फ्युचरस्टि” प्रविधि जडान गरिएको भनिएको उक्त कारले सडकमा आउने कुनै पनि समस्या आउनु २० सेकेन्ड पहिल्यै थाहा पाउने विद्यार्थी तनिस्क कुँवरले जानकारी दिइन् ।
त्यसैगरी लिङ्ग निर्धारण, माइटोसिस कोषिका विभाजन, ढाड हुने र ढाड नहुने जनावरका प्रकार, खाद्यान्न, स्थानीय सामग्रीको अत्यधिक प्रयोग गरी स्वच्छ पर्यावरण दर्साउने तस्बिर, अन्न, दलहन र फलफूलको राखिएको थियो । प्रदर्शनीको अर्को मुख्य आकर्षण “हाइड्रोपोनिक गार्डेनिब’ रहेको थियो ।
कक्षा ११ का विद्यार्थीद्वारा तयार पारिएको उक्त प्रोजेक्टबारे विद्यार्थीले हाइड्रोपोनिक विधि टिकाउ, माटोको अत्यधिक प्रयोगमा कमी, व्यावसायिकरूपले फाइदाजनक, खेती गर्न सजिलो हुने र सजावटका लागि समेत प्रयोग गर्न सकिने जानकारी दिए । त्यसैगरी घरबाहिरैबाट घरभित्रका घरायसी उपकरणहरू नियन्त्रण गर्न सकिने “होम अटोमेसन सिस्टम” भान्साको सुरक्षाका लागि अत्यावश्यक “ग्यास लिकेज डिटेक्टर”, सोलार सिस्टमलगायतमा अभिभावक तथा आमन्त्रित व्यक्तिहरूले चासो दिएर अवलोकन गरेका थिए ।
उक्त विज्ञान प्रदर्शनीको विभिन्न १२ वटा विद्यालयका १७६ शिक्षक÷विद्यार्थी तथा आमन्त्रित र करिब चार सय अभिभावकहरूले अवलोकन गरेको विद्यालयले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे