२०८१ मंसिर ६, बिहिबार
राइनोजले आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै मंसिर १ र २ गते दुई दिन हुने जानकारी दिएको हो ।
भरतपुर–५ कैलाशनगरस्थित चितवन मेडिकल कलेज परिसरमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरिएको छ । ट्यालेन्ट हन्टमा सहभागिताका लागि यसअघि नै खुला गरिएको अनलाइन फर्म मार्फत नाम दर्ता गराएका युवा खेलाडीहरु दुई दिनसम्म ट्यालेन्ट हन्टमा सहभागिता जनाउन सक्ने छन् । यसमा सहभागिताका लागि कुनै पनि खेलाडीको उमेर हदबन्दी लगाईएको छैन । जिल्ला र प्रदेशबाट विभिन्न प्रतियोगिता खेलेका खेलाडीहरुले सहजै ट्यालेन्ट हण्टमा सहभागिता जनाउन पाउने छन् ।
यस ट्यालेण्ट हण्टबाट हामीले दुई जना खेलाडीलाई छनोट गरिने चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले जानकारी दिए । जसमध्ये आइकोनिक प्लेयर र अर्को वैकल्पिक खेलाडीको रुपमा दुई जना टिममा छनोट हुने उनले जानकारी दिए । ट्यालेन्ट हन्ट र समग्र टिमको बन्द प्रशिक्षणका लागि चितवन मेडिकल कलेज परिसर कैलाशनगरमै दुइ वटा टर्फ र एउटा सिमेन्टेड गरी ३ वटा पीचसहितको प्रशिक्षण नेट समेत निर्माण गरिएको जचितवन राइनोजले जनाएको छ ।
चितवनको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर कुशल मल्ल रहेका छन् भने मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक उमेश पटवाल रहेका छन् । राइनोजले प्रतियोगिताका लागि ५ जना विदेशी खेलाडी अनुबन्ध गरि सकेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे