२०८१ चैत्र १, शनिबार
महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको भन्दै भट्टचनले विशेष गरी अन्डरवाटर फिस टनेल र जनजातिहरुको सांस्कृतिक घर हर्दै मौलिक परिकारको स्वाद लिने दर्शकहरु बढी रहेका बताउनुभयो । आज शुक्रबार महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको भन्दै अध्यक्ष भट्टचनले भोलि शनिबार सार्वजनिक बिदाको दिन भएकाले दर्शकहरुको संख्या अझै बढी हुने बताउनुभयो । भोलि शनिबार चर्चित गायक रामजी खाँण र गायिका प्रिती आलेसहितका कलाकारको समेत उपस्थिति हुने भन्दै उहाँले दर्शकहरुको उपस्थिति बढी हुने बताउनुभयो।
आजको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष पशुपति शर्मा, उपाध्यक्ष दीपक खड्का, सहसचिव सीता राना, सृष्टि पौडेल, आयुष्मा केसीलगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । त्यसैगरी अन्य संघसंस्था तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका महोत्सवको साँंस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले बताउनुभयो ।
महोत्सवको सांस्कृतिक कार्यक्रममा भोलि शनिबार प्रिति आले, रामजी खाँण, दीपक खड्का, विमता घर्ती मगर, टीकाराम ढकाल, सृष्टि पौडेललगायतको प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे