२०८१ माघ १५, मंगलबार
बुलिङटार गाउँपालिका–२ भाङवारिमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताउनुभयो ।
कालीगण्डकी कोरिडोर अन्तर्गत बुलिङटारबाट गैँडाकोट तर्फ जाँदै गरेको ना २७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरी शाहले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे