२०८१ मंसिर ६, बिहिबार
गएराती करिब ९:५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका १ रामनगर बजार स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा बस र अटो ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०३-००१ ह ६८० नम्बरको अटो ठक्कर खाँदा अटो चालक जिल्ला चितवन भरतपुर म.न.पा.१ रामनगर बस्ने बर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएका छन्।
गुरूङ्गको शरिरको बाहिरी भागमा चोट नभएपनि भित्री भागमा गम्भीर चोट लागि उनलाई जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचार भईरहेकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ।
बस र बस चालक जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ दैँची बस्ने बर्ष ५० को जगत बहादुर चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी कार्यालयले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे