२०८१ चैत्र १, शनिबार
धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो।
निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ। ‘लिफ्ट बिग्रेपछि बन्द गरिएको छ,अब सशुल्क गरेर मात्रै चलाउने भन्ने छ,यसको लागि सफ्टयार निर्माण भइरहेको छ,सम्भवतः अब लिफ्ट बनाएर शुल्क निर्धारण गरेर मात्रै सञ्चालन हुन्छ,’उनले भने। २०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन।
धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरिएको थियो। भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे