२०८१ मंसिर ६, बिहिबार
पशु सेवा कार्यालयका सूचना अधिकारी सविना मिश्रका अनुसार खैरहनीका १० वडा र राप्तीका ८ वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागू गरिएको हो । दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागू गरिएको हो । जोन कार्याक्रम लागू हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार त्यसअघि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागू गरिएको थियो । यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारीमार्फत प्रमाणित गर्नेलगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि रु ७५ हजार अनुदान दिइने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दूध जोन कार्यक्रमले पशुपालन गर्ने कृषकलाई उत्साह थपेको छ ।” किसानलाई आर्थिकसँगै प्राविधिक सहयोग हुने भएकाले यो कार्यक्रम किसानका लागि उपयोगी भएको हो ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे