२०८१ मंसिर ७, शुक्रबार
एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रुट परमिट सवारी धनी श्रेष्ठलाई दिनुभयो ।
रुट परमिट अनुसार महानगरले तोकेको निषेधित क्षेत्र बाहेक अन्य ठाँउमा चलाउन पाइने छ । ३ पाङ्ग्रे अटो तथा म्याजिक भ्यानको व्यवस्थापनको लागि महानगरपालिका यातायात शाखा स्थापना गरेको छ ।
महानगरपाकिलले १५ दिने सूचना आह्वान गरी अभिलेखिकरण र दर्ता गर्न म्याजिक भ्यान तथा अटो सञ्चालकलाई आग्रह गरेको थियो ।
म्याजिक भ्यानको अभिखेखिकरण गर्न रु २ हजार, अटोको रु १ हजार, अटोको दर्ता गर्न रु १०० र स्टिकरको ३०० रुपैयाँ तोकिएको महानगरका अधिकृत बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) उपदफा (३) ट (२)अनुसार स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी सेवाको गुणस्तर, भाडादर निर्धारण र नियमनको अधिकार स्थानीय तहलाई तोकिएको छ ।
महानगरमा करिब १५ सय अटो र ७ सयको संख्यामा म्याजिक भ्यान रहेको छ । यस विषयमा यातायात व्यावसायी पनि सकारात्मक रहेको अधिकृत थपलियाले जानकारी दिनुभयो । म्याजिक भ्यान र अटोको अभिलेखिकरण भएमा नगर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनिकरण हुने, ट्राफिक नीति तथा नियम बनाउन सहज हुने, रुट निर्धारण गर्न सहज र सौन्दर्यकरणलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे