२०८१ चैत्र १९, मंगलबार
आज बिहान करिब ११:४० बजेको समयमा नवलपुरको मध्यबिन्दु ०६ भडारा बस्ने वर्ष-६५ को नाथुराम थारु २ बुहारी सहित घर नजिकै रहेको बारीमा आलु लगाउन गएको अवस्थामा अचानक गैडाले आक्रमण गरेको थियो।
गैंडाको आक्रमणबाट पेट,टाउकोमा गम्भीर चोट लाग्नगई घटनास्थलमा नै थारूको मृत्यु भएको हो।
स्थानीयबासी मार्फत प्रहरीलाई जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि घटनास्थलमा खटि गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे