२०८१ मंसिर १०, सोमबार
घाइतेहरुमध्ये कालिका नगरपालिका ३ का ८ वर्षीय आरम्भ पोखरेलको आज बिहान ५:३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो।
कालिका नगरपालिका ४ स्थित चित्रवन विद्यालयका विद्यार्थीहरु गत शनिवार स्काउटको तालिम र वनभोजका लागि भन्दै जिल्लाको उपरदाङगढीमा गएका थिए।
दुर्घटनामा घाइते भएका ५ जनाको पुरानो मेडिकल कलेजमा र ७ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा सवार ३२ जनामध्ये २८ जना घाइते भएका थिए।
वनभोज सकेर फर्कनेक्रममा बसको ब्रेक फेल भै बस दुर्घटना परेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे