२०८१ मंसिर १२, बुधबार
पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेकपा एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका हुन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।
अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।
२०७४ सालमा व्यास नगरपालिकाको मेयरमा पराजित उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए । केही समयअघि पुनः एमालेमै फर्किएका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे