२०८१ फागुन २९, बिहिबार
सुरक्षामा खटिएका दुई जना प्रहरी सहित ७ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न जाँदा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन् ।
घाइतेहरूमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २५ वर्षीय जयन श्रेष्ठ, गुल्मीको कालीगण्डकी गाउँपालिका-५ घर भई बानेश्वर बस्ने २९ वर्षीय शिशिर गौतम, कपिलवस्तु घर भई काठमाडौंको सितापाइला बस्ने ३२ वर्षीय केशव आचार्य र बैतडीको डिलासैनी गाउँपालिका घर भई सिन्धुपाल्चोक बस्ने २५ वर्षीय केशव नेगी र रूकुमको मुसिकोट घर घई बानेश्वर बस्ने ३२ वर्षीय प्रेम खड्की छन्। गुल्मीका शिशिर गौतमलाई थप उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको छ।
जुम्ला घर भएका प्रहरी जवान दान बहादुर राउत र धादिङ घर भएका जवान २६ वर्षीय अजय तामाङ घाइते भएका छन् । प्रहरी जवान तामाङको अवस्था गम्भीर छ। उनलाई कीर्तिपुर अस्पतालबाट वीर अस्पताल रेफर गरिएकोमा त्यहाँबाट पनि रेफर गरेर बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जयन श्रेष्ठ सहित दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरू भिडमा च्यापिएर लड्दा घाइते भएका हुन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे