२०८१ फागुन २८, बुधबार
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’ भरतपुरमा बुधबार बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म शैक्षिक मेला चल्नेछ । मेलामा युएसएका १४ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु सहभागि हुनेछन् भने क्यानडाका १३ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई परामर्श दिनेछन् ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने बताए । शैक्षिक मेलामा सहभागि विद्यार्थीहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको छ । उनीहरुले पेन, छाता, मुभी टिकेट, कपाल काट्ने तालिम, ड्राइभिङ तालिम, स्वास्थ्य प्रयोगशाला परीक्षणमा विशेष छुटको कुपन प्राप्त गर्नेछन् ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई, स्याट र डुलिङगो तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे