२०८१ फागुन २८, बुधबार
सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ ।
सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सञ्चालन खर्चसमेत धान्न मुस्किल भएपछि मूल्य बढाउने सहमति गरिएको बताए । उनले भने, ‘सधैँ यो अवस्थामा रहेर टिक्न सकिँदैन भनेर केही उद्योगहरूले मूल्य समायोजन गरेका छन्, सबैले होइन,’ उनले भने । मारुका अनुसार निर्माणको सिजन भए पनि अहिले उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे