२०८१ फागुन २८, बुधबार
चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको अनुसन्धानमा पत्ता लागे अनुसार राती र दिउँसोको निन्द्रा जति लामो हुन्छ खतरा त्यति नै बढ्ने गर्छ । यो शोध युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको हो । अनुसन्धानमा २१ देशका एक लाख १६ हजार ६ सय ३२ वयस्क समावेश गरियो ।
अनुसन्धानकर्ताले ७.८ वर्षसम्म ती व्यक्तिहरुको निन्द्रा र समग्र स्वास्थ्यबारे अनुसन्धान गरेका छन् । उक्त अनुसन्धान अनुसार आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिलाई हार्ट स्ट्रोक र हार्ट फोल्योरको अत्यधिक खतरा देखियो । यस्ता व्यक्तिको चाँडै नै मृत्यु हुने सम्भावनामा ४१ प्रतिशतको बढोत्तरी देखियो ।
उदाहरणका लागि राती आठदेखि ९ घण्टा सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावनामा पाँच प्रतिशत खतरा देखियो भने १० घण्टा सुत्नेहरुलाई १७ प्रतिशत र १० घण्टा बढी सुत्नेहरुमा ४१ प्रतिशत खतरा देखियो । दिउँसो एकैछिन सुत्ने र राती ६ घण्टाभन्दा कम सुत्नेभन्दा दिउँसो पनि सुत्ने र राती पनि ६ घण्टा बढी सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावना धेरै पाइयो ।
‘राती सुत्न नपाएकाले मात्र दिउँसो सुतेर यसको भरपाई गर्नुपर्छ,’ वाङले सिएनएनलाई भने । यसअघि गरिएको अनुन्धानमा पर्याप्त निन्द्रा नपुग्दा उच्च रक्तचाप, मोटोपना, मुटुरोग र मधुमेहको खतरा हुने बताइए पनि यो नयाँ अनुसन्धानमा भने यीबारे सम्बन्ध नपाइएको बताइएको छ ।
वाङका अनुसार दैनिक ६ देखि आठ घण्टाको सुताई पर्याप्त हो । अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन र स्लिप रिसर्च सोसाइटीले १८ देखि ६० उमेर समूहलाई सात घण्टा सुत्न सल्लाह दिएको छ ।
धेरै सुत्दा शरीरमा कस्तो असर पर्दछ?
वैज्ञानिकहरूका अनुसार, धेरै सुत्ने बानीले निम्न प्रकारका समस्याहरू (व्यक्ति अनुसार) आउन सक्छन्ः
१. डिप्रेसन
‘धेरै निन्द्रा’ लाग्नुलाई डिप्रेसनको सम्भावित लक्षण पनि मानिँदै आएको छ। तथापी, अधिकांश डिप्रेसन बिरामीहरूले भने निन्द्रा नलागेको बताएका थिए। करीब १५% डिप्रेसन रोगीहरू धेरै सुत्ने गर्छन्।
२. बढि दुखाई
अधिकांश समयमा हामीलाई दुखाई भैरहेको बेलामा आराम गर्दा वा सुत्दा राहत मिल्ने गर्छ। तर कहिलेकाहिँ धेरै सुत्दा पनि अनावश्यक दुखाई हुने अनुसन्धानबाट देखिएको छ।
ढाड दुख्ने समस्या छ भने धेरै सुत्दा झन् बढि दुख्ने हुन्छ, यो त सबैले याद गर्नुभएकै होला। तर यसमा धेरै कुराले प्रभाव पारिरहेको हुन्छ। सुत्ने पोजिसन नमिलेमा, ओच्छ्याइएको डसना धेरै साह्रो अथवा धेरै गिलो भएमा पनि ढाड दुखाई बढि हुन सक्छ।
धेरै सुत्ने बानी र ‘टाउको दुख्ने’ समस्याको बीचमा पनि गहिरो सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ। अत्याधिक सुताईले माइग्रेन तथा चिन्ता रोगमा तीब्रता हुने पनि सो अनुसन्धानबाट पत्ता लागेको हो।
३. प्रजननशक्तिमा जोखिम
कोरियाली वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट के पत्ता लागेको थियो भन्दा, ७/८ घण्टा सुत्ने महिलाहरूको प्रजनन शक्ति (५३%) ५/६ घण्टा सुत्ने महिलाहरू (४६%) वा ९/१० घण्टा सुत्ने महिलाहरूको (४३%) भन्दा बढि रहेको थियो। त्यसैले साधारण समयभन्दा घटि अथवा बढि सुत्दा महिलाहरूको हरमोनमा प्रत्यक्ष नकारात्मक असर पर्ने कुरा उक्त खोजबाट थाहा पाउन सकिन्छ।
४. मधुमेह
हामीले खाएका खानेकुराहरूमा हुने गुलियोलाई, सुतेको बेलामा शरीरले पचाउने काम गर्दछ। शरीरको यो क्षमतालाई ‘ग्लुकोज टोलरेन्स’ (Glucose Tolerance) भनिन्छ। यदि हामी साधारण समयभन्दा कमि अथवा बढि सुतेमा, शरीरको यो क्षमता अनियन्त्रीत हुन थाल्दछ र पर्याप्ता मात्रा गुलियो पदार्थलाई पचाउन असमर्थ हुन्छ। जसले गर्दा शरीरमा चिनी (गुलियो) को मात्रा बढि भइ मधुमेह हुन जान्छ।
५. मोटोपना
क्यानेडामा भएको एक खोजबाट ‘धेरै अथवा कम सुताई’ र ‘मोटोपना’को सम्बन्धको बारेमा जानकारी प्राप्त भएको थियो। उचित समयभन्दा कमि अथवा बढि सुत्नेहरूलाई मोटोपना हुने सम्भावना २१% ले बढेको उक्त खोजबाट पत्ता लागेको थियो। यसको कारण भनेकै शरीरमा चिनीको मात्रा बढि हुनु हो।
६. मुटुसम्बन्धि रोग
हालै युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धाकर्ताहरूले सुताई र मुटुरोगबीचको सम्बन्ध पत्ता लगाउन एक अनुसन्धान गरेका थिए। सो अनुसन्धानबाट दैनिक ८ घण्टा सुत्ने मानिसहरूलाई मुटुसम्बन्धि रोग लाग्न सक्ने सम्भावना ४६% रहेको पत्ता लागेको थियो भने ८घण्टा भन्दा बढि सुत्नेहरूलाई ४ गुणा बढि सम्भावना रहेको पत्ता लागेको थियो।
धेरै सुत्ने बानीलाई कसरी हटाउने?
‘बानी’ भनेको हामीले चाहेअनुसार परिवर्तन गर्न सकिने कुरा हो। यदि तपाईँको धेरै सुत्ने बानी छ भने त्यसलाई हटाउने एउटै उपाय भनेको ‘कम सुत्ने’ नै हो। तर कसरी? एकैदिनमा यो सम्भव छैन, समय लाग्न सक्छ। तर तपाईँको मुटु अनि शरीरको स्वास्थ्यको कुरा छ, जति समय लागेपनि त्यो बानीलाई हटाइहाल्नु उचित हुन्छ।
यो तालिका अपनाएर तपाईँको सुत्ने बानीमा सुधार आयो र पछि फेरि त्यस्तै ‘धेरै सुत्ने’ बानी लाग्यो भने चाहिँ अब स्वास्थ्य चौकी जानुपर्ने बेला भयो भनेर बुझ्नुहोस्। माथि नै उल्लेख गरेअनुसार, यस्तो बानी भनेको विभिन्न खतरनाक समस्याको लक्षण हुन सक्छ। मानिसको लागि निन्द्रा अपरीहार्य छ, गुणस्तर र मात्रा दुवै कुरामा निन्द्रालाई नियन्त्रण गर्नुपर्दछ।एजेन्सीको सहयोगमा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे