२०८१ फागुन २८, बुधबार
गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक विकास र प्रवर्द्धन गर्न जिल्लाको सबैै पालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत अत्याबस्यक वाहेक सबै संघ संस्थालाई मंसिर २१ गते देखि २४ गते सम्म सार्वजनिक बिदा दिएको हो ।
मंसिर १ गते देखि सुरु भएको मेलामा स्थानीय पालिकाहरुले सार्वजनीक बिदा बाहेक भक्तजनहरुका लागी मेला प्रवेश गर्ने बाटो सहज बनाएको छ ।
भारतिय सिमाबर्ति क्षेत्रबाट आउने दर्शनार्थीहरुलाई भंसारमा सहजीकरण गरेको पालीकाले मेला वरपर अस्पताल तथा, शोैचालय, सहज बनाएको छ । नेपाल, भारत लगाएतका देशबाट आउने दर्शनार्थीहरुलाई निःशुल्क बस्ने, खान समेत स्थानीय पालिकाहरुले मेला स्थलमा गरेको छ ।
मेलालाई व्यवस्थीत गर्न पालिकाहरुले प्रवेश गर्ने स्थानहरुमा गेट, बति, सौन्दर्यकरण गरेर १६ बटै पालिकाले अपनत्व लिएको यो पहिलो पटक हो ।
गत मंसिर २ गते जिल्लाको १६ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बसेको बैठकले गढिमाई मेला वयवस्थीत तगर्न विभिन्न निर्णय गरेको थियो. । १ हजार विगाह क्षेत्रफलमा लागेको प्रसिद्ध गढीमाई मेलामा नेपाल भारतका लाखौ भक्तजनहरु आउने क्रम सुरु भए संगै जिल्ला सुरक्षा समितीले करिब १५ सय प्रहरी खटाएको छ ।
मेलाको विषेश पूजासँगै मंसिर २३ गते देखि मनोकामना पूरा भएका श्रदालुहरुले चढाउन ल्याएका लाखौको संख्यामा रागां, बोका, कुखुरा, हास, परेवा बलि दिईने मेला मूल आयोजक समितीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे