२०८१ मंसिर १९, बुधबार
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले दुई प्रधानमन्त्रीहरूबीच छलफल भइसकेपछि ती समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए।
उनले दिएको जानकारी अनुसार टोखा छहरे सुरूङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो।
यस्तै, विकास योजनासम्बन्धी समझदारीपत्र,आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयमसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए। यो खबर सेतोपाटीमा छ।
उनले प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री बीच सौहार्दपूर्ण रूपमा छलफल भएको पनि बताए।
यो वार्तामा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको छ ।
खासगरी कनेक्टिभिटी इन्ड्रस्टियल डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेशन एग्रिकल्चर ट्रेड टुरिजम इन्भेष्टमेन्ट साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कनेक्सन, गरिबी निवारण लगायतको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ,’ ढकालले भने, ‘यसले नेपाल र चीनको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको भन्ने लागेको छ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे