२०८१ मंसिर २०, बिहिबार
बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित १४ जनाविरूद्ध पुर्जीविरूद्ध जारी गरेको हो।
वीरगन्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएको छ। त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। लामिछानेसँगै जिबी राई र पूर्वडिआइजी छविलाल जोशीविरूद्ध पनि पुर्जी जारी भएको हो।
सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।
अहिले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा लगिएको छ। त्यहाँ बयान सकेपछि प्रहरीले उनलाई वीरगन्ज लग्ने तयारी छ।
लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे