२०८१ चैत्र २०, बुधबार
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गए राति गैँडाकोट नगरपालिका–४ ईट्टाभट्टी स्थित काली गण्डकी कोरिडोरमा बा.प्र.०६–००१ प ६२७३ नं.को मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये एक जनाको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले बताएको छ। मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ बस्ने ३५ वर्षीय पंकज ज्ञवाली रहेका छन्।
मोटरसाइकल चालक लमजुङ सुन्दर बजार नगरपालिका फेदीकुना बस्ने ३९ वर्षीय सुक बहादुर गुरुङको नयाँ मेडिकल कलेज चितवन उपचार भई रहेको छ। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे