२०८१ फागुन २७, मंगलबार
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रतिनिधि सभाअन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ः३०बजे समितिको बैठक कक्षा सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने कार्यसूची छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे