२०८१ फागुन २६, सोमबार
कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो बिहान ६ बजे दाङको लमही नगरपालिका-९ च्याउखोलास्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक छविराज रोकायाले जानकारी दिए।
दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका – ३ का ४० वर्षीय पृथी थारु र ६० वर्षीया फूलसी थारुको मृत्यु भएको छ।
दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरुको सबैको अवस्था मध्यम रहेको छ। गाडीमा १४ जना सवार रहेको रोकायाले जानकारी दिए।
तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे