२०८१ फागुन २६, सोमबार
गैंडाकोट नगरपालिका-९ थुम्सि नजिकै नारायणी नदीको भंगालोमा करिब ४० वर्षको मंगोलियन वर्णको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
हालसम्म शवको पहिचान नभएकाले भरतपुरको सरकारी अस्पतालमा राखिएका छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका-१० टकला सामुदायिक वनमा समेत एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
वनमा घाँस काट्न गएका मानिसले शव देखेर प्रहरीलाई खबर गरेका थिए । मृतक गहुँगोरो बर्ण करिब ५ फिट उचाई र बायाँ हातको पाखुरामा ट्याटु हानेको प्रहरीले बताएको छ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे