२०८१ पौष ८, सोमबार
पाइटल समेत रहेका ब्राजिलियन व्यापारी लुइज क्लुडियो ग्यालेन्जी परिवारका सदस्य सहित आफैं विमान उडाइरहेका थिए । दुर्घटनामा परी पाइलट ग्यालेन्जी, उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यहरुको मृत्यु भएको छ ।
ग्यालेन्जीको कम्पनीले जारी गरेको विज्ञप्तिमा व्यापारी र उनको परिवारका सदस्यहरुको मृत्यु भएको उल्लेख गरिएको छ । सानो विमान घरको चिम्नीमा ठोक्किएर खसेको बताइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् । त्यस मध्ये दुईको अवस्था गम्भीर छ । ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए ।
प्रतिकूल मौसममा विमान उडेकोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहान उडान भरेको केही मिनेटपछि सहरी क्षेत्रमा खस्नुअघि ३ किलोमिटर उडेको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे