२०८१ पौष १२, शुक्रबार
प्रतियोगितामा चितवनबाट अन्तराष्ट्रिय बडी बिल्डिङ्ग एशोसिएशन (आईएफबिबि)का निर्णायक बोध बहादुर खड्का, प्रशिक्षक तथा खेलाडी दिनेश कँडेल, काठमाण्डौंबाट प्रशिक्षकहरु सुरज डंगोल, सुरज सिंह राना निर्णायकको रुपमा रहने कार्यक्रमका सचिव रोहित गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रत्येक क्याटगोरीमा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार नगद सहित मेडल, गिफ्ट ह्याम्बर प्रदान गरिने कोषाध्यक्ष मारिया गुरुङ्गले जानकारी दिनुभयो । त्यस्तै पुरुष र महिलातर्फका ओभरअल बिजेतालाई रु १०–१० हजार नगद प्रदान गरिने गुरुङ्गले बताउनुभयो ।
प्रतियोगितामा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसहरुबाट २४ जना पुरुष र १४ जना महिला गरी ३८ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की आउने संस्थाका उप–सचिव सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे