२०८१ पौष २०, शनिबार
हाफ म्याराथनको दोस्रो स्थान शसस्त्र प्रहरीका गोपीचन्द्र पार्केले हात पारे । उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ४३ सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पारेका छन् । तेस्रोे स्थान त्रिभुवन आर्मी क्लबका नरेन्द्र सिंह रावतले जितेका छन् । उनले निर्धारित दुरी १ घण्टा १८ मिनेट ५१ सेकेण्डमा पुरा गर्न सफल भए । विजयी भएसँगै उनले २५ हजार पुरस्कार हात पारे । महिलातर्फ त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन् । उनले सोही दुरी १ घण्टा ४८ मिनेट ४६ सेकेण्डमा पार गरिन । उनले २५ हजार पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गरिन् । दोस्रो स्थान गैँडाकोट नगरपालिका वाड नं ६ की अनु मगरले प्राप्त पारिन । उनले निर्धारित दुरी २ घण्टा ४१ मिनेट ०५ सेकेण्डमा पुरा गरेकी थिइन् । मगरले १५ हजार पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेकी छन् ।
महिला तर्फ तेस्रो स्थान चितवन कालिका नगरपालिका वाड नं ८ की सुनिना मगरले प्राप्त गरिन् । उनले निर्धारित दुरी ३ घण्टा १ मिनेट ३७ सेकेण्डमा पुरा गरेकी थिइन् । विजयी भएसँगै उनले १० हजार पुरस्कार प्राप्त गरेकी छन् ।
हाफ म्याराथनको २१ किलोमिटर विधातर्फ मात्र १४१ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा चाँैथोदेखि आठौँ स्थान हासिल गर्ने ५ जना उत्कृष्ट धावक प्रोत्साहन स्वरुप जनही ५ हजारका दरले पुरस्कृत भएका छन् । क्रमशः सञ्जय श्रेष्ठ, रामजी बस्नेत, धनु मानन्धर, मिङमार सिंह तामाङ र खेमबहादुर शाहीले जनही ५ हजार पुरस्कार प्राप्त गरेका हुन्। अपाङ्गता भएका व्यक्ति जसले म्याराथनमा सहभागि भइ १० औँ स्थान हासिल गरेका नमराज कार्कीले ३ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।
त्यस्तै ५ किलोमिटर तर्फ विद्यार्थी मैत्री दौड प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालयका मनुप थापा प्रथम भए । उनले निर्धारित दुरी ३२ मिनेट ३५ सेकेण्डमा पुरा गरे । उनले १० हजार पुरस्कार प्राप्त गरे । कालिका नमुना माध्यमिक विद्यालयका विद्यार्थी अनमोल भुषालले ३२ मिनेट ४४ सेकेण्डमा पुरा गरी दोस्रो स्थान प्राप्त गरे । उनले ५ हजार पुरस्कार प्राप्त गरे । जनक नमुना माध्यमिक विद्यालयका विद्यार्थी दिपेश मगर तेस्रो भए । ३२ मिनेट ५२ सेकेण्डमा दुरी पार गरी उनले ३ हजार पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८१ मा २ सय ४३ जना बढिको सहभागिता रहेको थियो ।
विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले नेपाली पन, नेपाली मन र नेपाली धन भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताए ।
गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी धावकहरुलाई स्वागत गरेका थिए । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, विजय सामुदायिक र सरस्वती निकेतनका एनसीसी क्याडेट विद्यार्थीहरु स्वयंसेवकको रुपमा खटेका थिए । गैँडाकोट नगरपालिका, विजय परिवार, लामिनार टायल म्याराथनको सहयोगीका रुपमा रहेका थिए भने बैकुण्ठ मानन्धर स्पोर्टस क्लबले प्राबिधिक सहयोग गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे