२०८१ फागुन २५, आईतबार
वार्षिकोत्सव कार्यक्रम सँगसँगै सबैभन्दा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई सम्मान समेत गरेको थियो । आफुहरुलाई कृषि पेशामा लाग्न सदैव उत्प्रेरणा दिएको भन्दै स्थानीय कृषक समुहले पैचो पसललाई समेत सम्मान समेत गरेका थिए ।
१० वर्षदेखि जिल्लामा किसानको कृषि उपज खरिद गर्दै देशभर पैचो ब्राण्डबाट प्रशोधित उत्पादन गर्दै बिक्रि वितरण गदै आएको छ ।
किसानसँग प्रत्यक्ष जोडिएर काम गरेको पैचो पसलले ग्रामीण अर्थतन्त्रलाई उस्कानको लागि किसानका कृषि उपज खरिद गदै बजारमा पु-याउने र प्रशोधित उत्पादन बनाउने काम गर्दै आएको छ ।
पैचोले किसानलाई आत्मनिर्भर बनाउन लागि ठुलो सहयोग छ। “पैचो” किसानको सारथी को रुपमा रहेको छ। पैचोले निरन्तर किसानसँग मिलेर काम गर्दा रुरुक्षेत्र गाँउपालिका लगायत वरपरमा स्थानमा समेत कृषि कर्ममा लाग्नेको संख्या बढेको छ जसले गर्दा गाउँको अर्थतन्त्रमा सहयोग पुगेको रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए। आफ्नो पालिकामा प्रधान कार्यालय राखेर १५० भन्दा बढी युवालाई रोजगारी प्रदान गरेको भन्दै ज्ञवालीले पैचोप्रति आभार व्यक्त गरे ।
यस्तै, छत्रकोट गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषिमा आत्मनिर्भर हुँदै समाजवादको बाटोमा अगाडि लाग्नु पर्नेमा जोड दिए । निजी क्षेत्रबाट पैचोले गाँउका लागि देखाएको कामले छत्रकोटका किसानलाई धेरै फाइदा भएको उनले बताए । पाण्डेयले भने, ‘पालिकाले ३१ वस्तुमा अनुदान दिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिले कृषकमा उत्साह थपिएको छ । सबैले सकरात्मक धारणा बनाएर काम गर्ने हो भने गाँउबाट कृषि उपज शहरमा पु-याउन सकिने सम्भावना बढेको छ ।’
यस्तै, पैचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले गुल्मीमा १० वर्ष अघि स्थापना भएको कम्पनी देशको कृषि क्षेत्रमा काम गर्ने अब्बल कम्पनी भएको बताए । किसान र बजारसँग जोडिएको १० वर्षमा नेपालको पहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएको पैचोले देखाएको बताए । अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्र लाग्ने कृषकहरुलाई सस्तो ऋण, अनुदानमा मल बीउ र उत्पादनको आधारमा अनुदान दिने नीति बनाउने हो नेपालको अर्थतन्त्र नै आत्मनिर्भर बन्न समय नलाग्ने उनले बताए।
पैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले पैचोले पहाडमा कृषि क्षेत्रमा सम्भावनाको ढोका देखाएको बताए । उनले सानो लगानीमा स्थापना गरेको पैचो अहिले १५ करोड भन्दा बढि लगानी हुँदा गाँउका ५ सय जना किसानलाई रोजगारी दिन सक्नु कृषिमा सम्भावना र अवसरको क्षेत्र भएको बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तार गरेर अगाडि बढ्ने बताए ।
उद्योग वाणिज्य संघको वलेटक्सार शाखा अध्यक्ष तोयनारायण ज्ञवालीले पैचो जस्तो कृषिमा आधारिक कम्पनीले गाउँमा उद्योग खोलेर रोजगारी प्रदान गरेको भन्दै प्रसंशा गरे । उनले राज्यले गर्न नसकेको काम पैचोले गरेको बताए ।
कार्यक्रममा उपस्थित स्थानीय किसानहरुले पैचो कम्पनीले खेर गइरहेको तरकारीलाई आम्दानीको स्रोत बनाउन बाटो देखाएको बताएका थिए । आम्दानी गर्न गाँउ छोड्नुपर्ने बाध्यता पैचोले मोडलका कारण हट्दै गएको उनीहरुले बताएका थिए ।
कार्यक्रममा दशौं वार्षिकोत्सवको अवसरमा प्रकाशित पैचोको स्मारिका ‘पैचो प्रवाह’ विमोचन गरिएको थियो भने उत्कृष्ठ किसानलाई समेत सम्मान गरिएको थियो । सर्वोत्कृष्ट कृषकमा इमानसिंह राणा, उत्कृष्ठ संकलन शालिकराम ज्ञवाली, उत्कृष्ठ कृषक रामबहादुर नेपाली, भुवन खनाल, कमला घिमिरे, मिना शिरिष, पुनाराम ढकाल लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।
यस्तै कम्पनीले बजार विभागको कर्मचारीमा धुब्र पौडेललाई समेत सम्मान गरेको थियो । कार्यक्रममा पैचोमा समानखरिद गर्ने भाग्यशाली ५० जनालाई लक्की ड्र मार्फत उपहार घोषणा गरेको थियो ।खबरकुराबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे