२०८१ फागुन २५, आईतबार
ciaa
अख्तियारले पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा लगाइएकाहरूमा तत्कालीन अध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृतहरू पुरण गुरुङ, कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर नवीन थापा, सव इन्जिनियर सूर्यप्रसाद पौडेल, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद पौडेललगायत छन् ।
प्रतिवादीहरूमा उपभोक्ता समितिका केही पदाधिकारीसमेत छन् । अर्यालसँग ३५ लाख २९ हजार ३३१ रूपैयाँ बिगो र कैद सजाय मागदाबी गरिएको छ । अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे