२०८१ पौष २०, शनिबार
दिनमा चार वा सोभन्दा बढी कप कफी पिउने व्यक्तिमा टाउको र घाँटीको क्यान्सर हुने सम्भावना १७ प्रतिशत र दिनमा एक कप कफी वा चिया पिउने व्यक्तिमा क्यान्सर हुने सम्भावना ९ प्रतिशत कम हुने दाबी प्रतिवेदनले गरेको छ । यस अध्ययनको नतिजा हालै जर्नल क्यान्सरमा प्रकाशित भएको थियो ।
युटा युनिभर्सिटीको हन्ट्सम्यान क्यान्सर इन्स्टिच्युटका अन्वेषकहरूले इन्टरनेशनल हेड एन्ड नेक क्यान्सर एपिडेमियोलोजी (इनान्स) कन्सोर्टियमका अनुसन्धानसँग सम्बन्धित १४ आँकडाको विस्तृत विश्लेषण गरेका थिए । यस अक्रममा अनुसन्धानकर्ताहरूले शिर र घाँटीको क्यान्सरका ९ हजार ५४८ जना बिरामी र १५ हजार ७८३ जना स्वस्थ मानिसको जानकारी सङ्कलन गरेका थिए । अध्ययनका क्रममा डिक्याफिनेटेड कफी अर्थात् क्याफिन नभएको कफी पिउँदा ओरल क्याभिटीसँग सम्बन्धित क्यान्सरको जोखिम २५ प्रतिशतले कम हुने पाइयो।
दैनिक एक कप चिया पिउनेहरूमा हाइपोफेरेन्जियल क्यान्सरको जोखिम २९ प्रतिशतसम्म घटेको पनि भेटियो । त्यसैगरी, दैनिक एक कप वा त्यो भन्दा कम चिया सेवनले पनि टाउको र घाँटीको क्यान्सरको जोखिम नौ प्रतिशतले कम गर्न सक्ने पाइयो । दैनिक तीनदेखि चार कप कफी पिउनेहरूमा हाइपोफेरेन्जियल क्यान्सरको जोखिम ४१ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।एजेन्सीको सहयोगमा
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे