२०८१ पौष २०, शनिबार
सी.जी.निर्मलश्री –
विक्रम संवत अनुसार हिँडिरहेकोहामीलाई के आवश्यकता छ र ?
मेरी क्रिसमसको
के खाँचो छ र ? जनवरी एकलाई
नयाँ वर्ष मनाउने उमङ्गको
के आवश्यकता छ र ?
गुड फ्राइडे र बक्सिङ्ग डेहरुको
विदेशबाट आयातित
हाम्रा धर्म, संस्कार र सभ्यता विपरीतका
कु–प्रथाको हामी अनुयायी हुनै पर्ने
के आवश्यकता नै थियो र ?
धार्मिक सहिष्णुता र सभ्यताको
प्राचिन अनुपम नमूनालाई
देशको चरम राजनीतिक संकटको
मर्यादासँगसँगै
धर्म निरपेक्षताको सामाजिक भँडखालोमा
निरन्तर सांस्कृतिक हमला गर्दागर्दै
हामीलाई जनवरी एकको नयाँवर्षले
कुत्कुत्याईरहेको रहेछ
बडादशैं र दीपावलीका महान
हाम्रा धार्मिक कदमहरु,
माघे संक्रान्ति र साउने संक्रान्तिजस्ता
घुम्दै फिर्दै आउने हाम्रा सांस्कृतिक मर्यादाहरु
मदन महोत्सव र फागु महोत्सवजस्ता
उमङ्ग र उल्लास ल्याउने हाम्रा पर्वहरु,
थुप्रैथुप्रै अनन्य पर्व,
जात्रा, संस्कार र संस्कृतिहरुलाई
डिसेम्बर पच्चीसको मेरी क्रिसमस,
एक दिन पछाडिको बक्सिङ्ग डे र
जनवरी एकको नयाँ वर्षको हमलाले
वैशाख एकमा आउने मेरो नयाँ वर्षलाई
वसन्त ऋतुमा गुञ्जिने कोकीलका
ती सुमधुर ध्वनिहरुलाई
शीशिरको सिरेटोसँगसँगै
पाश्चात्य नयाँ वर्षले मारिसकेको रहेछ
हामी नेपाली एवम् हाम्रो नयाँ वर्षलाई
प्राचिनताको खाडलमा धकेलिसकेको रहेछ ………………….२
के हामीसँग
मुना र मदनका कहानीहरु छैनन् र ?
हामीसँग शीशिर र वसन्तका
किम्वदन्तीहरु छैनन् र ?
हामीसँग राजकुमार दिक्पालका साहसिक
निडरता छैनन् र ?
हामीसँग सत्यवान र सावित्रीका
अनुपम प्रेमका उदाहरणहरु छैनन् र ?
हामीसँग यमुनाको
भात्रृत्व प्रेम मरिसक्यो र ……
आदम र इभका लिलालाई सर्वोपरि मान्नुपर्ने
वेद, उपनिषद, पूराण, गीता,
रामायण, महाभारत, कृष्णचरित्रका
साहसिक र मर्यादित गाथाहरु
बुद्धत्वमा घन्किएका शान्तिका ध्वनिहरु
शनैःशनैः मृतात्माको घाटसँगसँगै
तिलाञ्जली दिई
पाश्चात्य संस्कृतिलाई अपनाउनु पर्ने
कुनै आदम र इभका कथाहरु
चाहिँदैनन् मलाई
कुनै मेरी क्रिसमसका
गाथाहरु चाहिँदैनन् मलाई
शिशिरको सिरेटोले गिज्याइरहेको
जनवरी एकको नयाँ वर्ष चाहिँदैन मलाई
म त वैशाख एककै नयाँ वर्षको
आगमनमा पर्खिरहेको छु
चाहिँदैन मलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना
त्यसैले पर्खिरहेछु
रक्तिम लालिमा सहितको आभायुक्त
वसन्त महोत्सवले सजिएको
वैशाख एककै नयाँ वर्ष
हो ! मलाई चाहिन्छ वैशाख एकको नयाँ वर्ष……………………३
टीकापुर,१ कैलाली
हाल : काठमाण्डौं
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे