२०८१ फागुन २३, शुक्रबार
कार्यालयले संघीय मन्त्रालय अन्तर्गत रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई माग विवरण नपठाउन परिपत्र गरेसँगै नियमित तालिका अनुसार यस बर्ष हुने प्रशासन सेवा,लेखा समूह तर्फ लेखापाल पदको विज्ञापन अनिश्चित बनेको छ ।
”लेखा सेवा, समूह वा उपसमूहका निजामती कर्मचारीलाई रिक्त पदमा मिलान गरेर मात्र बाँकी पदमा पदपूर्तिको लागि माग गर्नुपर्ने प्रावधान रहेकोमा सङ्घीय कार्यालयहरुमा रहेको कूल दरबन्दी संख्या भन्दा चालू आर्थिक वर्ष ०८१/८२ मा २९ जना लेखापालहरुको सङ्ख्या बढी देखिएकोले चालू आर्थिक वर्षमा कुनै पनि कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई लोक सेवा आयोगमा माग आकृति फाराम भरी पठाउन सहमति दिन नसकिने हुँदा सोही बमोजिमको व्यहोरा यस कार्यालयको मिति २०८१/०९/१६ को निर्णयानुसार जानकारीको लागि अनुरोध छ” परिपत्रमा भनिएको छ ।
महालेखाले यस्तो परिपत्र जारी गरेसँगै लेखापालको नियमित बढुवा रोकिने र नयाँ भर्ना पनि नखुल्ने भन्दै कर्मचारी ट्रेड युनियनहरु, बढुवाको सम्मूखमामा रहेका सहलेखापालहरुका साथै लोकसेवाको तयारी गरिरहेकाहरुले भने यसको विरोध गरेका छन्।
”बढुवाको सम्मुखमा रहेका सहलेखापालहरु र लोकसेवा आयोगको परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुलाई समेत मर्का पर्ने गरी भएको यो निर्णय अन्यायपूर्ण छ! दरबन्दी मिलान गर्ने नाममा नयाँ पदपूर्ति रोक्दा अन्याय हुने हुँदा आगामी वर्षहरूमा क्रमसः दरबन्दी मिलान हुनेगरी पदपूर्ति प्रक्रिया गर्दै जानु पर्छ!निर्णय सच्याइयोस् ! नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्।
पुस अन्तिम बुधबार राजपत्र अन्कित प्रथम श्रेणीका विज्ञापन गर्ने लोकसेवा आयोगको नियमित कार्यतालिका रहँदै आएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे