२०८१ फागुन २३, शुक्रबार
जिल्ला प्रहरी कार्यालयका अनुसार बेलवानी निवासी ३३ वर्षीय राजकुमार सारु मगरले गत पुस १३ गते करिब ४:३० बजे नारायणी नदी किनारको ठाँडीघाटस्थित ५ नम्बर ठोक्करमा पाँचवटा कुकुरको बच्चा र एउटा माउ कुकुर मारेका थिए। उक्त घटना २८ वर्षीय अमनकुमार चिडी मगरले भिडियोमा खिचेर आफ्नो फेसबुकमा पोस्ट गरेका थिए। कुकुर मारेपछि नारायणी नदीमा बगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
फेसबुकमा पोस्ट भएको भिडियोले स्थानीय र पशु अधिकारकर्मीको ध्यान खिचेको थियो। गुनासो प्राप्त भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै घटनामा संलग्न दुवै जनाको पहिचान गरेको हो।
उक्त कार्य मुलुकी अपराध संहिता २०७४ को पशुपन्छीसम्बन्धी कसुरको उल्लङ्घन भएको पुष्टि भएपछि प्रहरीले राजकुमार सारु मगर र अमनकुमार चिडी मगरलाई बुधबार नियन्त्रणमा लिएको छ। जिल्ला अदालत परासीबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलाटारीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे