२०८१ पौष २३, मंगलबार
कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कारपीयो तोडफोड गरेकी हुन् ।
उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए।
उपाध्यक्षले यसअघि पनि पालिकाको लेखा शाखामा योजनाको भुक्तानीका लागि तयार भएको चेक खोसेर च्यात्नुका साथै झ्याल–ढोकासमेत तोडफोड गरेकी थिइन् । ‘त्यति वेला कानुनी कारबाहीको प्रक्रियामा गएनौँ,’ उनले भने ‘यसपटक त गाडी तोडफोडसहित चालकलाई समेत चोटपटक लागेकाले गाउँ कार्यपालिकाको बैठक बसेर के गर्ने भन्ने विषयमा निर्णय गर्छौँ गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे