२०८१ पौष २३, मंगलबार
नगरपालिकाको वडा नं. ५ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य एक बृद्धलाई नयाँ दर्ता प्रकृयामा बायोमेट्रिक प्रणाली प्रयोग गरेर नगरमै पहिलो पटक यो सेवा सुचारू गरिएको वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले बताउनुभयो।
वडा नं ५ निवासी नन्द कुमारी उपाध्यायको नयाँ बृद्ध भत्ता बायोमेट्रिक प्रणालीमार्फत दर्ता गरि सेवा सुचारू गरिएको हो।
बायोमेट्रिक लागू भएपछि सेवा प्रवाहमा चुस्तता र दुरुस्तता कायम गर्नेछ। कोही कसैले मान्छे घरमै नहुँदा पनि छ भनि ढाँट्ने छल्ने गरेर फारम लिएर आई नयाँ दर्ता तथा नवीकरण गर्ने गरेको यदाकदा सुनिन आएको पाईन्छ। बायोमेट्रिक लागू भईसकेपछि स्वयं व्यक्ति उपस्थित भई दुबै हातको औँला डिभाईसमा स्क्यान गरिने र राष्ट्रिय परिचयपत्र नम्बर भिडाई उक्त व्यक्ति भेरिफाई गरिने हुँदा ढाँटछल नहुने र कसैले झुक्याउन नसक्ने सापकोटाको भनाई छ।
गैंडाकोट नगरपालिकाको वडा नं. ५ बाटै बायोमेट्रिक प्रणालीको सुरूवात गर्न पाउँदा गौरवान्वित ठानेका छौँ। आधुनिक प्रबिधिका कामहरू सुरूवातमै हाम्रै वडाबाट सुचारू भएको छ। यो हाम्रो लागि अवसर र सिकाईको कोसेढुङ्गाको रुपमा रहने उहाँले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता गर्न आउँदा र नवीकरण गर्न आउँदा बायोमेट्रिक सुचारू गरिएकोले स्वयं सेवाग्राही वडा कार्यालयमै उपस्थित हुन पनि उहाँले आग्रह गर्नुभयो।
नयाँ सामाजिक सुरक्षा दर्ता तथा नवीकरण गर्न आउँदा लाभग्राही स्वयं उपस्थित भई आवश्यक कागजात पुरा भएको अवस्थामा केहीबेरमै बायोमेट्रिक प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दर्ता गर्न सकिने सिग्देलले बताउनुभयो। हाललाई सासु भत्ता प्राप्त गर्न योग्य भएका नयाँ दर्ता गर्ने लाभग्राहीको लागि मात्रै यो सुबिधा उपलब्ध हुने वडा नं ५ की वडा सचिव कमला सिग्देलले जानकारी दिनुभयो।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीलाई नयाँ दर्ता प्रकृयामा सामेल गराई छिटोछरितो सेवा प्रवाह गर्ने उद्देश्य बमोजिम गैंडाकोट नगरपालिकाको सम्पूर्ण १८ वटै वडामा बायोमेट्रिक प्रणाली जडान गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो। भोलि सम्ममा सम्पूर्ण १८ वटै वडामा बायोमेट्रिक प्रणाली जडान गरिने उहाँले जानकारी दिनुभयो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा कार्ड नवीकरण वा नयाँ दर्ता गर्दा राष्ट्रिय परिचयपत्र साउनबाटै अनिवार्य गरेको निर्णय फेरेर सुविधाका लागि समयावधि थप गरिएको हो । तर विभागले ६६ जिल्लाको सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेर सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्ने जानकारी गराएको छ ।
सुरुमा साउनबाटै अनिवार्य लागू गर्न खोजिएको पहिलो चरणको २८ र दोस्रो चरणमा माघबाट लागू गर्न खोजिएको ३८ जिल्लाको स्थानीय तहलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराएको छ ।
मन्त्रिपरिषद्ले गत जेठ २४ गते स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता र निवृत्तिभरण दर्ता तथा नवीकरणका लागि गत १ गतेदेखिनै अनिवार्य गर्ने निर्णय गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे