२०८१ पौष २५, बिहिबार
पूर्वमन्त्री गुरुङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरुङसँग भएको ‘शंकास्पद कारोबार’का सम्बन्धमा सीआईबीले घण्टौं सोधपुछ गरेको हो । ‘मितेरी सहकारी ठगीको अनुसन्धानकै क्रममा धनराज गुरुङसँग सोधपुछ बयान गरिएको हो, अनुसन्धान जारी रहेकाले यसमा क–कसको के संलग्नता र भूमिका छ भन्ने टुंगिइसकेको छैन,’ सीआईबी प्रमुख एआईजी दीपक थापाले बताए। सत्तारूढ कांग्रेसका सांसदसमेत रहेका पूर्वमन्त्री गुरुङसँग यसअघि कात्तिक अन्तिम साता पनि सीआईबीले बयानी कागज गरेको थियो ।
सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरुङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच २०८१ वैशाखमा ‘संदिग्ध आर्थिक कारोबार’ भएको खुलेको थियो । त्यसपछि नेता गुरुङमाथि शंकास्पद लेनदेन र सहकारी ठगी दुवैमा सीआईबीले अनुसन्धान जारी राखेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०८० वैशाख २१ मा कांग्रेसबाट कानुनमन्त्री बनेका गुरुङ करिब एक वर्ष मन्त्री पदमा रहे । गुरुङ कानुनमन्त्री रहेकै बखत व्यापारी मीनबहादुर गुरुङ ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी किर्ते र संगठित अपराध आरोपमा सीआईबीको अनुसन्धानमा थिए भने ललिता निवास प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा पनि खेपिरहेका थिए ।कान्तिपुरबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे