२०८१ पौष २५, बिहिबार
मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ। भूकम्पमा परी १८८ जना घाइते भएका छन्।
भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ।
भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारका काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन्। बिहान ६:५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे